Google Play Games बिटा प्रयोग गरी iOS र Android मा उपलब्ध PC का लागि बनाइएका गेम तथा मोबाइल गेमहरू खेल्नुहोस्। आफ्ना खरिदलाई लाभमा बदल्नुहोस्। तपाईंले PC मा कुनै पनि गेम खरिद गर्दा तपाईं Google Play पोइन्ट प्राप्त गर्नुहुन्छ। यहाँ गई Google Play पोइन्टका बारेमा थप जान्नुहोस्।
सुरु गर्न न्यूनतम मापदण्डहरू पूरा गर्ने कम्प्युटरमा Google Play Games बिटा डाउनलोड गर्नुहोस्।
तपाईंले Google Play Games डाउनलोड गर्नुभयो भने तपाईं Google का सेवाका सर्त र Google Play का सेवाका सर्तहरूमा सहमत हुनुहुन्छ भन्ने अर्थ लाग्छ। साथै तपाईं आफ्नो जानकारी Google को गोपनीयता नीतिबमोजिम प्रयोग गरिने कुरामा पनि सहमत हुनुहुन्छ भन्ने अर्थ लाग्छ।
PC का लागि अप्टिमाइज गरिएका गेमहरू खेल्नुहोस् र iOS तथा Android मा उपलब्ध हजारौँ गेमहरूका अझ राम्रा संस्करण अझ ठुलो स्क्रिनमा खेलेर आनन्द लिनुहोस्२
Adorable Home
AFK Arena
AFK 아레나
Age of Apes
1945 Air Force: Airplane Games
Among Gods! RPG Adventure
아르케랜드
Arknights
アークナイツ
명일방주
明日方舟
Asphalt Legends - Racing Game
Awaken: Chaos Era
Basketrio:Allstar Streetball
ब्लेड निष्क्रिय
Botworld Adventure
Braveland Heroes
इँटा ब्रेकर खोज
Bubble CoCo : Bubble Shooter
Cafe Panic: Cooking games
叫我萬歲爺
Call of Dragons
CookieRun: Kingdom
CookieRun: OvenBreak
Day R Survival: Last Survivor
ドラゴンボール レジェンズ
Dragon Mania Legends
Dragonscapes Adventure
Drift Max Pro Car Racing Game
Dungeon Knight
eFootball™ CHAMPION SQUADS
Empire Takeover
Eversoul
Evony: The King's Return
FFBE幻影戦争 WAR OF THE VISIONS
Gardenscapes
Genshin Impact
Golf King - World Tour
Grimvalor
가디언 테일즈
Hades' Star
天地劫
히어로즈 테일즈
Homescapes
Horizon Chase – Arcade Racing
Hungry Shark Evolution
Hustle Castle: Medieval games
Idle Heroes - 9th Anniversary
Idle Mafia - Tycoon Manager
KPop Idol Queens Production
Island War
Jumo Clicker! - Pancake Tycoon
Just Dance Now
KidloLand Toddler & Kids Games
King's Throne: Royal Delights
Last Fortress: Underground
Last Shelter: Survival
Left to Survive: Zombie Games
三國殺名將傳
Lords Mobile: Kingdom Wars
Luna Re : Dimensional Watcher
Magic Jigsaw Puzzles-Games HD
Magic Rampage
Masha and the Bear Pizza Maker
Merge Fables®
기적의 검
奇蹟MU:跨時代
OTR - Offroad Car Driving Game
원펀맨: 최강의 남자 - UR Era
一拳超人:最強之男—新篇章
Open House
Pixel Starships™
ウマ娘 プリティーダービー
Pirates of the Caribbean: ToW
R2M
धर्म इन्क. भगवान सिम्युलेटर
Rise of Castles: Ice and Fire
라이즈 오브 킹덤즈
三國志 覇道
Ronin: The Last Samurai
ソードアート・オンライン インテグラル・ファクター
Ski Resort: Idle Tycoon & Snow
灌籃高手 SLAM DUNK
슬램덩크
Space shooter - Galaxy attack
Star Chef 2: Restaurant Game
State of Survival: Zombie War
Summoners War X TEKKEN 8
Summoners War: Chronicles
서머너즈 워: 크로니클
Taste of Hero
Ten Crush
三國群英傳M
三國志・戰略版(港澳版)
삼국지 전략판
三國志・戰略版
Township
Top Eleven Be Football Manager
Top War: Battle Game
Tower Conquest: Tower Defense
Tower of God: NEW WORLD
Tower Defense: Towerlands (TD)
Turnip Boy Commits Tax Evasion
Undersea Solitaire Tripeaks
Valor Legends: Idle RPG
Marble Shooter: Viola's Quest
War Alliance - PvP Royale
War and Magic: Kingdom Reborn
War and Peace: Civil War Clash
War Planet Online: MMO Game
갑부: 장사의 시대
Wild Castle: Tower Defense TD
कीड़े क्षेत्र - भोकाएको सर्प
WWE SuperCard - Wrestling Game
Zen Koi 2
Zombeast: FPS Zombie Shooter
Google Play Points मा सामेल भएर आफूले PC मार्फत खरिद गर्ने सबै सामग्रीलाई रिवार्डमा बदल्नुहोस्। तपाईंले Google Play Games प्रयोग गरेर PC मार्फत जहाँसुकैबाट सामग्री (एपबाट किन्न मिल्ने सामग्री, प्रिमियम गेम र सदस्यताहरू) खरिद गर्दा पोइन्टहरू आर्जन गर्नुहोस्। तपाईंले मोबाइलमा गरेअनुसार नै PC मा पनि लाभ र गेमबाट किन्न मिल्ने सामग्री प्राप्त गर्न आफ्ना पोइन्टहरू सजिलैसँग रिडिम गर्नुहोस्।३
Google Play Points मा सामेल हुन यहाँ जानुहोस्।
Google का सुरक्षितपना र सुरक्षाका सहायताले आत्मविश्वासका साथ गेम खेल्नुहोस् र भुक्तानी गर्नुहोस्। हामी तपाईंका डिभाइसहरू सुरक्षित राख्न र तपाईंलाई आवश्यक परेका खण्डमा खरिद रकम फिर्ता गर्न सघाउन सबै गेमहरूमा सुरक्षितपनाको जाँच गर्छौँ।
आफ्नो माउस र किबोर्ड प्रयोग गर्ने तरिका पर्सनलाइज गर्नुहोस्। किबोर्डको कुन चाहिँ की थिच्दा गेममा कुन कारबाही लागू हुन्छ भन्ने कुरा कस्टमाइज गर्नुहोस् र सबै मोबाइल गेममा किबोर्ड कन्ट्रोलहरू सेट गर्नुहोस्।४
तपाईं मल्टी-इन्स्टेन्सिङ सुविधाका सहायताले फरक फरक खाता प्रयोग गरेर एकभन्दा बढी गेम वा एउटै गेम एकै पटक खेल्न सक्नुहुन्छ।१
ठुलो स्क्रिन र अप्टिमाइज गरिएको ग्राफिक्स प्रयोग गरी गेमको अझ बढी मजा लिनुहोस्।
यी मापदण्डहरूका बारेमा थप जान्न मद्दत केन्द्रमा जानुहोस्।
तपाईंले Google Play Games डाउनलोड गर्नुभयो भने तपाईं Google का सेवाका सर्त र Google Play का सेवाका सर्तहरूमा सहमत हुनुहुन्छ भन्ने अर्थ लाग्छ। साथै तपाईं आफ्नो जानकारी Google को गोपनीयता नीतिबमोजिम प्रयोग गरिने कुरामा पनि सहमत हुनुहुन्छ भन्ने अर्थ लाग्छ।
Intel भनेको Intel Corporation वा यसका सहायक कम्पनीहरूको दर्ता गरिएको ट्रेडमार्क हो। Windows भनेको Microsoft समूहका कम्पनीहरूको ट्रेडमार्क हो।
Google Play Games भनेको PC मा चल्ने एप हो। तपाईं यो एप प्रयोग गरेर Windows डेस्कटप वा ल्यापटपबाट निश्चित मोबाइल गेमहरू ब्राउज गर्न, डाउनलोड गर्न र खेल्न सक्नुहुन्छ। तपाईं आफूलाई मन पर्ने Android गेमहरू PC मा खेल्नुका साथै गेम खेल्दा किबोर्ड र माउस चलाउन, आफूलाई मन पर्ने गेमहरू एकै समयमा विभिन्न डिभाइसमा खेल्न, आफ्नो डेटा विभिन्न डिभाइसमा निर्बाध रूपमा सिंक गर्न३ र Google Play पोइन्ट कार्यक्रममा सामेल हुन सक्नुहुन्छ।
आफ्नो PC मा बिटा डाउनलोड गर्नुहोस् र .exe फाइल खोल्नुहोस्। त्यसपछि स्क्रिनमा देखाइएका निर्देशनहरूको पालना तिरे पुग्छ। अतिरिक्त जानकारी प्राप्त गर्न हाम्रो मद्दत केन्द्रमा भएको लेख पढ्नुहोस्।
Google Play Games बिटा संस्करण १३० वटाभन्दा बढी क्षेत्रमा उपलब्ध छ।
यी क्षेत्रमा बसोबास गर्ने र योग्य खाता भएका सबै मान्छेहरू बिटा संस्करण डाउनलोड गर्न सक्छन्।
तपाईं बिटा संस्करण चलाउन चाहनुहुन्छ भने तपाईंको PC ले अनिवार्य रूपमा यी मापदण्डहरू पूरा गर्नु पर्छ:
अहँ, तपाईंको PC मा AMD प्रोसेसर छ भने तपाईंसँग Intel प्रोसेसर भएका PC मै उपलब्ध सबै उत्कृष्ट गेमहरूको एक्सेस हुन्छ।
Sony PlayStation, MS Xbox र अन्य केही तेस्रो पक्षीय कन्ट्रोलरहरूलगायतका अधिकांश कन्ट्रोलरहरू प्रयोग गर्न मिल्छ।
Google Play Games को मोबाइल एप विशेष गरी इन्स्ट्यान्ट गेम खेल्न मिल्ने गरी बनाइएको छ। तपाईं उक्त मोबाइल एपका चलाएर सीधै क्याजुअल गेम खेल्न थाल्न सक्नुहुन्छ। अब “Google Play Games” भन्नाले PC मा चल्ने एप भनेर बुझिने छ। तपाईं यो एप चलाएर आफूलाई मन पर्ने Android गेमहरू PC मा खेल्न र PC का लागि अप्टिमाइज गरिएका धेरै गेमहरू खेल्न सक्नुहुन्छ।
हाल यो बिटा संस्करण लन्च गरिएका देशहरूमा २,००,००० भन्दा बढी गेमहरू उपलब्ध छन्। हामी नियमित रूपमा गेमहरू हालिरहन्छौँ, त्यसैले नयाँ गेमहरूका बारेमा थाहा पाउन बेला बेलामा गेमहरूको सूची हेर्नुहोला।गेमहरू अन्वेषण गर्नुहोस्
Google Play Games डिभाइसमा इन्स्टल गर्नु पर्ने Windows एप हो र यसले मोबाइल फोनलगायतका अन्य डिभाइसको कुनै पनि भण्डारण प्रयोग गर्दैन।
Google Play Games बिटा चलाई हेर्नुहोस्। यसका लागि तपाईंसँग मापदण्डहरू पूरा गर्ने PC भए पुग्छ।